नेकपाले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै कांग्रेसको आपत्ति
काठमाडौँ । सभामुख चयनका कारण प्रतिनिधिसभा बैठक अघि बढ्न नसकेकोमा प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै कांग्रेसले विज्ञप्ति निकालेको छ । आइतबार प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमार्फत सरकार र नेकपाको भुमिकाप्रति कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।
ु३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ‘ विज्ञप्तिमा उल्लेख छ छ ।
साथै प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । पुस ४ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पटक पटक स्थगित भएको छ । सभामुख चयनका लागि सत्तारुढ नेकपाभित्र अझै सहमति हुन सकेको छैन ।
उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेपछि सभामुख चयनको प्रक्रिया झन् पेचिलो बन्दैगएको छ ।श्रोत अन्नपूर्ण पोस्ट











