मुख्यमन्त्री अस्पतालमा भएकै बेला मुख्य न्यायाधीवक्ताको राजीनामा किन ?

हेटौंडा । प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले मुख्यमन्त्री कार्यालयमा प्रदेशका प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले जानकारी दिएका छन् ।  आफैले स्वतस्फुर्त रुपमा राजिनामा दिएको न्यौपानेले बताए । आफु स्वतन्त्र भएर काम गर्न चाहने र मुख्यन्यायधिबक्ता भएपछी बाँधिएर काम गर्नुपर्ने भएकाले पदबाट राजिनामा दिएको उनकाे भनाई छ । मुख्यमन्त्री डोरमणी पौडेल अस्वस्थ्य भइ उपचार गराइरहेका बेला बेला उहाँले राजीनामा दिनुभएको हो । मुख्य न्यायाधीवक्ताको राजीनामा प्रदेश प्रमुखले स्विकृत गर्ने कानूनी व्यवस्था छ । वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ती र मर्यादा...