जेठ १३ गते नेपाल बन्द, विप्लबले कार्यकर्ता हत्याको बदला लिने

बिज्ञप्ती सहित
निरन्तर न्यूज
१० जेष्ठ २०७६, शुक्रबार ०६:१९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना कार्यकर्ता हत्याको विरोधमा जेठ १३ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

विप्लवद्वारा जारी विज्ञप्तीमा आफ्ना युवा संगठनका सदस्य तीर्थराज घिमिरे ‘राजु’ लाई भोजपुरको ट्याम्केमैयुङको धोद्रे जंगलबाट प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै यसको बदला लिने चेतावनी दिएका छन् । घटनालाई भिडन्तको झुटो प्रचार नगर्न पनि सरकारलाई भनेका छन् ।

चन्दले राज्यले आफ्ना कार्यकर्ताको हत्या र दमन अभियान चलाएको आरोप विरुद्ध जेठ १० र ११ भण्डाफोर, कोणसभा, जेठ १२ मशाल जुलुस र १३ गते नेपाल बन्दसहितका चरणबद्ध संघर्षका कार्यक्रमको घोषणा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विप्लपद्वारा जारी विज्ञप्तीमा सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीर्थराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग गरेकाे उल्र्लेख गरिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*