सेयर बजारमा सामान्य सुधार

काठमाडौं । साताको पहिलो दिन (आइतबार) सेयर बजारमा सामान्य सुधार आएको छ । आइतबार नेप्से एक दशमलव १७ अंकले बढेर एक हजार एक सय ५० दशमलव ८१ अंकमा पुगेको हो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २५ अंकले घटेर २५१ दशमलव ५९ अंकमा पुगेको छ । यस दिन बजारमा १६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता सेयर ३७ करोड ४४ लाख ६६ हजार ४६५ रुपैयाँमा कारोबार भए । आइतबार बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये छ समूह उकालो लागे भने बाँकी रहेका छ समूह नै ओरालो लागे । यसदिन बजारमा शिवम्...