अष्ट्रेलियाको राजदूतमा सिफारिस कान्ताको नाम सूचीबाटै गायब !
काठमाडौं । गत साउन १४ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ मुलुकमा राजदूत प्रस्ताव गरेको भएपनि एक जनाको नाम परराष्ट्र मन्त्रालय र संसद् सचिवालयमा नपठाइएको खुलासा भएको छ । सोही कारण संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतको मात्र सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज मंगलबार भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णयसमेत गरेको छ । अष्ट्रेलियाको राजदूतमा सिफारिस कान्ता रिजालको नाम संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा नपुगेकाले समितिले १७ देशका लागि प्रस्तावित राजदूतको मात्र सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको हो । साउन १४ गते...