बलिवुड अभिनेता सेफअलीलाई छुरा प्रहार गर्ने व्यक्ति पक्राउ

निरन्तर न्यूज
६ माघ २०८१, आईतवार १०:५१

काठमाडौं । बलिउड अभिनेता सेफअली खानमाथि छुरा प्रहार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बीबीसी हिन्दीको समाचारका अनुसार पश्चिम बंगालका निवासी र  आरोपी थानेको हिरामन्डी श्रम शिविरबाट पक्राउ परेका हुन्

मुम्बई प्रहरीले घटना आरोपी मोहम्मद अलीयान उर्फ बीजेले नै गराएको दाबी गरेको छ । पक्राउ पर्ने डरले अभियुक्तले यसअघि आफूलाई विजय दास भनेर चिनाएका थिए ।

आरोपीलाई आइतबार बिहान ३.३० बजे सोधपुछका लागि बान्द्रा प्रहरी चौकीमा ल्याइएको थियो । उनलाई आइतबार बिहान ११ बजे बान्द्रा हलिडे कोर्टमा पेस गरिने छ ।

यसबारे जानकारी दिन मुम्बई प्रहरीले पत्रकार सम्मेलन गर्ने भएको छ ।

बिहीबार बिहानै बान्द्रासिथत घरमा सैफअलीमाथि छुरा प्रहार भएको थियो । यसपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार अभियुक्तले सेफअलीको घरमा पस्नका लागि आगलागीका लागि प्रयोग हुने भवनका सिँढीहरू प्रयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*