बंगलादेशमा अन्तरिम सरकार बनाउने सेनाप्रमुखको घोषणा
काठमाडौं । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । बंगलादेशको वर्तमान राजनीतिक संकट झनै गहिरिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौँ । यसले बंगलादेशका लागि काम गर्नेछ । ’ बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास भवनमा प्रदर्शनकारीहरूले लुटपाट गरेका छन् । प्रदर्शनकारीले कार्यालय घेरेपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत आएकी छिन् । बंगलादशी सेनाका प्रमुख वाकर अजमानकाे पत्रकार सम्मेलन...



















