इजरायलका लागि ८ सय केयरगिभर माग

निरन्तर न्यूज
१२ असार २०८१, मंगलवार १६:०४

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ ।

मंगलबार सूचना जारी गर्दै वैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन मागेको हो । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरूष हुनेछन् ।

उनीहरूले मासिक पाँच हजार ८८० सेकेल न्यूनतम तलब हुने सूचनामा उल्लेख छ ।

आवेदन दिनका लागि २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्दछ । साथै, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

यसको करार अवधी सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*