प्रधानमन्त्री ओलीको समर्थनमा काेमल वलीकाे गीत (भिडियाेसहित)

निरन्तर न्यूज
३ माघ २०७७, शनिबार १०:२३

काठमाडौं । गायिका तथा सञ्चारकर्मी हुँदै पछिल्लो समय राष्ट्रियसभा सदस्य बनेकी कोमल वलीले प्रधानमन्त्री केपी ओलीको समर्थन र प्रसंशामा नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

प्रधानमन्त्री ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीतमा ओलीको प्रसंशा र आवश्यकतामा केन्द्रित रहेर शब्द तथा दृश्यहरु चयन गरिएका छन् । साई भिजनले निर्माण गरेको भिडियो गीतमा संगीत संयोजना बिनोद बाजुरालीले गरेका छन् ।

‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीतमा ओली व्यक्ति नभई विचारको खानी भएको उल्लेख गरिएको छ ।

गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् ।

गीतमा ओलीलाई फौद बहादुर बस्नेत र ध्रुवराज धितालसमेतको स्वर रहेको गीतमा ओलीलाई नेपालीको ढुकढुकी र भरोसाको त्यान्द्रोको रुपमा चित्रित गरिएको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*