रंगगोलीले रंगीयो गाँउ–सहर, कसले कस्तो बनाए [तस्वीरसहित]

काठमाडौ । लक्ष्मी पूजाको दिन आज नेपाल लगायत हिन्दुहरुका गाँउ सहर रंगोलीले रंगीएको छ ।रंगगोली भारतको प्राचीन सांस्कृतिक परम्परा तथा लोक–कला हो । भिन्नभिन्न प्रदेशहरूमा रंगोलीको नाम र त्यसको शैलीमा भिन्नता हुनसक्छ तर यसको पछाडि निहित भावना र संस्कृतिमा पर्याप्त समानता छ । यसको यहीँ विशेषता यसलाई विविधता दिन्छ र यसको विभिन्न आयामहरूलाई पनि प्रदर्शित गर्दछ । यसलाई सामान्यतः पर्व, व्रत, पूजा, उत्सव विवाह आदि शुभ अवसरहरूमा सुख्खा र प्राकृतिक रङ्गहरूबाट बनाइन्छ ।यसमा साधारण ज्यामितिक आकार वा देवी देवताहरूको आकृतिहरू हुनसक्छ । यसको प्रयोजन सजावट र सुमंगल छ । यसलाई प्रायः घरको महिलाहरू बनाउछन् । विभिन्न...