बागमती प्रदेशमा डेंगु संक्रमणबाट मृत्यु हुनेकाे संख्या चार पुग्यो
हेटौंडा । बागमती प्रदेशमा ४ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक/एक जनाको डेङ्गु सङ्क्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर अर्जुन प्रसाद सापकोटाले ललितपुरमा डेङ्गु सङ्क्रमणका कारण दुईजनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार इमाडोलकी ३८ बर्षीय महिला र थैवका ७१ बर्षीय पुरुषको डेङ्गु सङ्क्रमणको कारण मृत्यु भएको जानकारी दिए । यसअघि डेङ्गु सङ्क्रमित भएर चितवनमा उपचारको क्रममा मकवानपुरका ४१ बर्षीय पुरुष र चितवनमै उपचारको क्रममा धादिङकी ७२ बर्षीय महिलाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ९ गते शनिवार सम्म प्रदेशका...