डेंगुका कारण हेटौंडामा एक जनाको मृत्यु

निरन्तर न्यूज
२६ श्रावण २०८०, शुक्रबार ०८:२९

हेटौंडा । मकवानपुरमा डेंगु संक्रमणबाट एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा हेटौंडा-१२ का ४१ वर्षीय एक पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

केही दिन अघि डेंगु पुष्टि भएका उनको उपचारको क्रममा बिहिबार चितवन मेडिकल कलेजमा ज्यान गएको जनस्वास्थ्य अधिकृत एंव सूचना अधिकारी लक्ष्मण घिमिरेले जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*