हेटौंडा डाक्टर कुटपिट प्रकरण : सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन फिर्ता

निरन्तर न्यूज
३१ भाद्र २०८०, आईतवार २१:५४

काठमाडौं। आन्दोलनरत चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन्।

भदौ २७ गते हेटौँडाको सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएकोको विरोधमा चिकित्सकहरू आन्दोलनमा थिए।

नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन दबाब दिन भन्दै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए। आइतबार अस्पतालमा पुगेका बिरामीका उपचार नपाइ फर्किरहेका थिए।

वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही अघि बढाउने र प्रतिबद्धता जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*