गर्मीमा प्याजले १० समस्याको समाधान गर्छ
गर्मीमा प्याज प्याजमा उल्लेख्य मात्रामा फायटोकेमकल्स, भिटामिन सि, फोलिक एसिड, डायटरी फाइबर, क्याल्सियम र फलामजस्ता पोषक तत्व हुन्छ । पोषणविद्हरुका अनुसार गर्मीका दिनहरुमा हरेक दिन कम्तिमा एउटा काँचो प्याज खानाले यसबाट प्राप्त हुने पोषक तत्वहरुका कारण कयौं स्वास्थ्यसम्बन्धी समस्याहरुबाट बच्न सकिन्छ । यस्ता छन् गर्मी मौसममा प्याज सेवन गर्दा हुने १० फाइदाहरु- १. डिहाइड्रेसनबाट बचाउँछ दही अथवा नौनीसँग काँचो प्याज खानाले शरीरमा आद्रता पैदा हुन्छ । यसले पानीको कमी अथवा डिहाइड्रेसनबाट बच्न सघाउँछ । २. गर्मीबाट बचाउँछ काँचो प्याज खानाले शरीरको तापक्रम कायम राख्न सघाउँछ । यसबाट प्रचणड गर्मीबाट बच्न सकिन्छ । ३. लू लाग्नबाट बच्न...