बाग्मती गाउँपालिकाका स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण

बाग्मती । मकवानपुरको बाग्मती गाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परिक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्यचौकी र बेतिनी स्वास्थ्यचौकीको सामाजिक परिक्षण भएको हो । राईगाउँ स्वास्थ्यचौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले राईगाउँ स्वास्थ्यचौकीले सेवा सुविधा राम्रो दिएको बताएका थिए । परिक्षणको क्रममा बाग्मती गाउँपालिका २ राइगाउँका पुर्ण बहादुर विश्वकर्माले राईगाउँ स्वास्थ्य चौकीको लागि दिएको जग्गाको अवस्थाको बारेमा प्रश्न गरेको थिए । उनले स्वास्थ्य चौकीको लागि भनेर स्थानीय दलित समुदायले दिएको जग्गाको सदुपयोग हुनु पर्ने बताएका थिए । उक्त विषयमा बाग्मती गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख राजु सुनारीले जवाफ दिएकाथिए । उनले जग्गा पाउँदा निकै खुशी...