जनकपुरमा रेलवे परिसर सरसफाई

निरन्तर न्यूज
२१ असार २०७६, शनिबार १२:४६

जनकपुर । जनकपुरधाममा सरसफाई अभियन्ताहरु रूबी कुमारी झा र दिपक कुमार चौधरी सहित स्थानीयको अगुवाईमा आज शनिवार २९औं हप्तामा सरसफाई कार्यक्रम गरिएको छ ।

सरसफाई अभियन्ताहरुले आज बिहान जनकपुरको रेलवे ट्र्याक सहित रेलवे परिसरको वरिपरी सरसफाई गरिएको छ । वातावरणलाई स्वच्छ र सफा बनाइराख्न अभ्यासको रुपमा सरसफाई अभियान शुरु गरिएको अभियन्ता झाले बताइन् ।

सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी उपरीक्षक शेखर खनाल, हेल्प मधेसी नेपालको अध्यक्ष राम उदगार यादव, कमला अभियानको अध्यक्ष बिक्रम यादव, प्रहरी सहायक निरीक्षक अशोक महतो, महिला अभियन्ता मोती झा, रुणा झा, ब्यवसायी चन्द्र भुषण साह, सरसफाई अभियन्ता दिवाकर झा लगायत स्थानीय टोल बासीहरुको सक्रिय सहभागितामा सरसफाइ गरिएको हेल्प मधेसी नेपालका राम उद्गारले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*