हावाहुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु
वीरगन्ज । वर्षासँगै आएको हावाहुरीले पर्सामा एकको मृत्यू भएको छ भने पाँच घाइते भएका छन् । आइतबार साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका हुन् । हुरीसँगै परेको चट्याङले लागेर ठोरी गाउँपालिका १ मा चट्याङ लागेर २१ वर्षीय राजु विष्टको मृत्यु भएको छ । भैँसी गोठालो गएको बेला उनलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यू भएको स्थानीयले जानकारी दिएका छन् । दार्चुला जिल्ला घर भएका विष्ट कक्षा ११ को परीक्षा सकेर ठोरीस्थित मावली घरमा दुई सातादेखि रहँदै आएका थिए । त्यसैगरी, हुरीले वीरगन्ज महानगरपालिकामा मात्रै आइतबार पाँचजना घाइते...


















