विद्युतको एक्सन टीमले जनस्वास्थ्यको लाइन काट्यो, लाखौँ वक्यौता बाँकी

निरन्तर न्यूज
१२ जेष्ठ २०७६, आईतवार १७:५९

हेटौंडा । नेपाल विद्युत प्राधिकरणको एक्सन टीमले स्थलमा पुगेर लाखौँ वक्यौता नतिरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाको बत्तिको लाइन काटेको छ । प्राधिकरणको टोलीले मिटर राखेको स्थलमा पुग्दा गैर कानूनि ढंगले मिटरमा एमसिबि नराखेर र एमसिबि बाइपास गरेको भेटेको थियो ।

वक्यौताको रिपोर्ट हेरेर सोही आधारमा लाइन काट्ने कार्यालय प्रमुखको निर्देशन अनुसार ४६ महिनादेखि विद्युत महशुल नबुझाएको जनस्वास्थ्य कार्यालय हेटौँडाको वत्तिको लाइन काटिएको प्राविधिक दिनेश खरेलले जानकारी दिए ।

केन्द्र देखि नै वक्यौता असुल गर्ने नीति निर्देशन अनुसार कार्यालय टीमसँग छलफल गरि वक्यौता उठाउनको लागि लाइन काट्ने निर्देशन दिएको कार्यालय प्रमुख इन्जिनियर शम्भु खुर्सेतले जानकारी दिए । कार्यालयले पटक पटक मौखिक लिखित आग्रह तथा अनुरोध गर्दा पनि अटेर गर्ने र वक्यौता तिर्नमा कुनै चासो नदेखाउने सेवाग्राहीको लाइन काट्ने अभियान नै सञ्चालन गर्न लागेको प्रमुख खुर्सेतले जानकारी दिए ।

लेखा शाखाले सबै वक्यौता विवरा संकलन गरि प्राविधिका शाखाका पठाएर लाइन काट्न समेत निर्देशन आएकोले सोहि बमोजिमको कार्य गर्न लेखाका कर्मचारी रमेश पराजुलीलाई समेत पिल्डमा खटाइएको लेखा अधिकृत शिव राइले बताए ।

वक्यौता रकमको विवरण, अद्यावधिक महशुल रकम लगायतमा फिल्डमा सहयोग गर्न आफुलाई कार्यालयले खटाएको लेखा शाखाका रमेश पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार पछिल्लो समय ६० भन्दा बढि सेवाग्राहीको वक्यौता बाँकी रहेको र उक्त रकम वक्यौता असुल गर्न विद्युत प्राधिकरणले लाइन काट्ने कदम लिए अनुसार फिल्डमा आएको बताए ।

जनस्वास्थ्य कार्यालय हेटौँडाको १३ लाख ९ हजार रुपैया वक्यौता बाँकी रहेको प्राधिकरणको प्रतिलिपि बिलमा उल्लेख गरिएको छ । बिल जनस्वास्थ्य कार्यालयलाई बुझाइएको छ ।

हेटौँडा अस्पतालको वक्यौता रकम बाँकी भएपनि कार्यालयको संवेदनशिलतालाई हेरेर विद्युत लाइन काटिएको छैन । हेटौँडा अस्पतालले विद्युत वक्यौता भुक्तानीको लागि सहयोग गर्न स्वास्थ्य मन्त्रालयलार्य पत्राचार गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*