कस्तो अचम्म ! छोरा जोगाउन ४ बर्षदेखी हातखुट्टा बाधेर गोठमा

पाल्पा । पाल्पाको निस्ते गाउँपालिका १ डमराका हिमाल बंशी ठकुरीलाई उनकै परिवारले पशु जस्तै बाधेर गोठमा राख्न बाध्य भएका छन् । आफ्ना सन्तानलाई गोठमा बाँधेर राख्न कसैलाई मन हुँदो होला तर बाध्यताको अगाडि ठकुरी परिवारको केही चलेन र आँफैले आफ्नो सन्तानलाई गोठमा बाँधेर राखेका हुन् ।
केही समय भारत बसेर आएका छोरा हिमालले उच्छृङ्कल ब्यबहार देखाउने, घर, गोठ जलाउने, गाँउलेलाई लखेट्ने गर्न थालेपछी उनलाई बाधेर राखिएको उनका बाबुले बताए ।
हुनत मानवलाई यसरी बानेर राख्नै पाईदैन मानव अधिकार हनन हुन्छ तर उनका बाबुलार्य छोराको माया लागेर छोराको ज्यान जोगाउन यस्तो गरेको बताए ।
औषधि उपचार लगायत धामी झाक्री, हस्पीटल तिर पनि लगेको तर उपचार नभएको बुबाको भनाइ छ ।
उनलाई गोठमा राखिएको छ । उनी त्याही खान्छन त्यही दिशा पिसाब गर्छन । उनको वरिपरि भैंसी, बाख्रा, गोरु मात्र छन् । तर उनी एक्लो छन । भारतबाट आउदादेखि अलिअली हिमालमा समस्या देखापरिसकेको पछि झनै बढी हुँदै गएको बुबाको भनाइ छ । हुलाकी समाचारबाट
भिडियो हेर्नुहोस