वागमती गाेल्डकप :च्यासलले आयोजकलाई फराकिलो गोल अन्तरले हरायो

निरन्तर न्यूज
५ फाल्गुन २०७६, सोमबार १७:४८

मकवानपुर । पुर्वी मकवानपुरको बागमती गाउँपालिकाको जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा जारी तेश्रो बागमती गोल्डकपको जारी पहिलो क्वाटर फाईनलको पहिलो हाफमा ए डिभिजनको च्यासल यूथ क्लबले आयोजक बागमती गाउँपालिकालाई ८ गोल गर्दै विजयी भएको छ ।

पहिलो हाफको ५ औँ मिनेटमा विदेशी खेलाडी कनिज अजेगोके भुजारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिए । १० औँ मिनेटमा पनि भुजारीलेनै दोश्रो गोल गरे । खेलको २८ औँ मिनेटमा सुनिल बलले गोल गर्दै टिमलाई ३ गोलको अवस्थामा पुर्याए ।

खेलको ३९ औँ मिनेटमा पुन बलले नै गोल गर्दै टिमलाई ४-० को अग्रता दिलाए । खेलको ४३ औँ मिनेटमा च्यासलका नितेन थापाले गोल गर्दै पहिलो हाफमा ५-० को अग्रता दिलाउन सफल भए ।

खेलको दोस्रो हाफको शुरुको ५८ औँ मिनेटमा च्यासलका तर्फबाट कनिज अजेगोके भुजारीले १ गोल र खेलको ८१ औँ मिनेटमा च्यासलकै पुर्ण बहादुर गुरुङले एक गोल गर्दैैैै अगाडि बढाएका हुन्। भने त्यस्तै जर्सी १० का सुनिल बलले खेलको ८८ मिनेटमा १ गोल थप गर्दै ८- ० गोल अन्तरले च्यासल जिजयी भएकको हो ।

आज भएको खेलकोे म्यान अफ द म्याच भने च्यासलका सुनिल बल हुनु भएको छ । उहाँले नगद सहित ट्रफि प्राप्त गर्नु भएको छ ।

मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने बागमती गाउ“पालिकामा आयोजित प्रतियोगितामा भोलिको खेल न्यू डाँफे युवा क्लव मकवानपुर र जावला खेल युथ क्लवबिच भोलि दिउँसो २ बजे हुनेछ ।

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु