मकवानपुरकाे बागमती गाउँपालिकाकाे बजेट ८३ करोड ७२ लाख

निरन्तर न्यूज
९ असार २०८२, सोमबार १०:२५

हेटाैँडँ ।  मकवानपुरको बागमती गाउँपालिकाकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

शनिबार भएको गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फणीन्द्रकुमार तिमल्सिनाले चालू आवको भन्दा १२ करोडले बढी बजेट प्रस्तुत गरेका हुन्।

गाउँपालिकाले चालू आवका लागि ७१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु