बिहेपछि बहिनीले दिदीलाई बोकिन् र गाडीमा चढाइन्

निरन्तर न्यूज
२८ फाल्गुन २०७६, बुधबार १५:०४

काठमाडौँ । सामान्यतयास् नेपाली समाजमा बिहेपछि बेहुलीलाई बिदाइ गर्दा उनका दाजु वा भाइले बोकेर गाडीसम्म पुर्‍याउने चलन छ।

स्थायी ठेगाना सुर्खेत भए पनि हाल काठमाडौँ बस्दै आएकी जस्टिना सिंह ठकुरीले भने यस्तो परम्परालाई तोडेकी छन्। उनले आफ्नी दिदी सम्भावी सिंह ठकुरीको बिहेपछि बिदाइ गर्दा आफैँ बोकेर गाडीसम्म पुर्‍याइन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नी दिदीको बिदाइमा आफूले बोकेको फोटो हाल्दै पुस्तौँदेखि चलिआएको परम्परा आफैँबाट परिवर्तन गर्न चाहेको बताएकी छन्।

उनले आफ्ना कोही दाजुभाइ नभएका कारण सधैँजसो तिहारमा पनि दुई दिदीबहिनीले मिली टीका लगाउने गरेको पनि बताएकी छन्। उनलाई बिहे गराउने पुजारीले काका-ठूलोबुबाका छोरालाई बोक्न लगाउन आग्रह गरे पनि जस्टिनाले मानिनन्।

उनले समाज परिवर्तनका लागि सबै महिलालाई अग्रसर हुन सचेत पनि गराएकी छन्। उनको फेसबुक पोस्ट धेरैले रुचाएर सेयर गरिरहेका छन्।श्रोत देश सञ्चार

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु