नमस्ते नबुझेपछि…

निरन्तर न्यूज
३० फाल्गुन २०७६, शुक्रबार १६:०२

बलिउड अभिनेत्री रविना टण्डनले अमेरिकी टेलिभिजन च्यानल एबीसी न्युजलाई समाचार सम्प्रेषण गर्नुअघि केही तयारी गर्न सुझाएकी छन् ।

एबीसीले ट्विटरमा बेलायतका राजकुमार चाल्र्सले नमस्ते गरिरहेको फोटोमा ‘प्रेयर लाइक जेस्चर’ (प्रार्थनाको तरिका)भनेर लेखेपछि रविनाले यस्तो भनेकी हुन् ।
‘नमस्ते’ लाई नमस्ते भनेर सम्बोधन नगरेपछि रविनाले यो सुझाव दिएकी हुन् ।

उनले सोही भिडियोलाई कोड गर्दै लेखेकी छिन्, “यो नमस्ते हो, केही गृहकार्य गर्नुहोस् एबीसी ।”

राजकुमार चाल्र्सले ‘चाल्र्स ट्रस्ट अवार्ड’ मा सहभागी व्यक्तिहरूलाई अभिवादन गर्दा हात नमिलाई सबैलाई नमस्ते गरेका थिए ।

कोरोना भाइरसबाट बच्न अहिले बलिउड सेलिब्रेटीदेखि हलिउडसम्म ‘ह्यान्ड सेक’ भन्दा ‘नमस्ते’ लाई प्राथमिकता दिन थालिएको हो । (हिन्दुस्तान टाइम्स) श्रोत १२ खरी

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु