आज असार १५, धान दिवस र दहि चिउरा खाने दिन

हेटाैँडा । सामान्यतया मानाे राेपेर मुरी फलाउने महिना भनेर प्रचलित रहेकाे असार महिनाले किसानमा एउटा छुट्टै उर्जा थपेकाे हुन्छ ।
रोपाइँमा दही चिउरा खाएर असार १५ मनाउने गरिन्छ । सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउने गरेकाे छ ।
प्रत्येक वर्ष मकवानपुरका जनप्रतिनिधिहरु लगायतका सयाैँ मानिसहरु जम्मा भएर हिलाे खेतमा धान राेप्ने गरिन्छ ।
यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ ।
दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका पाचन प्रणालीमा समेत फाइदा पुर्याउने भएकाेले स्वास्थ्यकाे दृष्टिकाेणले राम्राे मानिन्छ ।