नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापालाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडाैं । गृहमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । थापा मंगलबार नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका थिए ।
सरकारले वरिष्ठताका आधारमा थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
थापासँग विभिन्न जिल्लाको प्रहरी प्रमुख भई काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानिपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।
२०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा अव भने २०७९ वैशाख १८ गते सम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।







