कांग्रेसको उपनेतामा शा नियुक्त हुँदा प्रमुख सचेतकमा थापा र सचेतक राई छानिए

निरन्तर न्यूज
१६ बैशाख २०८३, बुधबार १३:१९

काठमाण्डाैँ । नेपाली कांग्रेसको उपनेतामा अभिषेक प्रताप शाह नियुक्त गरेका छन् । बुधबार संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शाहलाई उपनेता बनाएका हुन् ।

यस्तै आङ्देम्बेले प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरेका छन् ।

दलको कार्यालयले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । शाह कपिलवस्तु–३ बाट निर्वाचित सांसद हुन् भने थापा दैलेख – १ बाट निर्वाचित भएकी थिइन् । यस्तै निष्कल राई इलाम-१ बाट विजयी बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*