कार्यदलमा रहेका पूर्वमाओवादी पक्षका नेता बालुवाटार गएनन्

निरन्तर न्यूज
२४ कार्तिक २०७७, सोमबार १५:४२

काठमाडौ । नेकपा भित्रको समस्या बढ्दै गएपछि सक्रिय बनाउन खोजिएको कार्यदलको बैठक बस्न सकेन् । कार्यदलका केही सदस्य प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएपनि पूर्वमाओवादी पक्षका नेताहरु नआएपछि बैठकका लागि पुगेका नेताहरु चिया पिएर फर्किएका छन् ।

पार्टीका शिर्ष नेताको द्वन्द्व सहमतिको प्रयासस्वरुप यसअघि गठन गरिएको कार्यदलका सबै सदस्यलाई बालुवाटार बोलाइएपनि पूर्वमाओवादीतर्फका दुवै जना सदस्य गएनन् । जसले गर्दा बैठक बस्न नसकेको हो । यसअघि १५ बुँदे सुझाव अध्यक्षद्वयलाई बुझाएपछि कार्यदल निस्कृय बनेको थियो । तर आज एकाएक कार्यदललाई बालुवाटार बोलाएपछि पूर्वमाओवादीले बैठक बहिष्कार गरेको जनाइएको छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले गएको साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । सोमवार मध्यान्ह बालुवाटारमा कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाइएको थियो । कार्यदलका संयोजक एवं नेकपा महासचिव विष्णु पौडेल र माधव नेपाल पक्षका दुई सदस्य भीम रावल र सुरेन्द्र पाण्डे उपस्थित भएपनि माओेवादी पक्षका नेताहरु अनुपस्थित भएपछि नेताहरू छलफल नै नगरी फर्किएका हुन् ।

कार्यदलमा ओली पक्षबाट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल थिए । यस्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र पम्फा भुसाल थिए । विवाद समाधानका लागि कार्यकारी अध्यक्ष प्रचण्ड लगायत सचिवालयका ५ जना सदस्यले ४८ घण्टा भित्र सचिवालय बैठक बोलाउन दिएको अल्टिमेटम आज सकिएको छ । प्रधानमन्त्री ओलीले हिजो माधव नेपाल समूहसँग परामर्शसमेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*