आलटाल र समय कटाउने काममात्रै नगर्न ओलीलाई नेता नेपालको चेतावनी

निरन्तर न्यूज
३ मंसिर २०७७, बुधबार १८:३०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले समयमात्रै लिने र अलमल गर्ने काम बन्द गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।
बुधबारको सचिवालय बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अनेक बहानामा समय कटाउने र अलमल गर्ने गरेको भन्दै अव त्यस्तो प्रवृत्ति नदोहोर्याउन चेतावनी दिएका हुन् ।

अध्यक्ष ओलीले आफूविरुद्ध अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ लिखित रुपमै ल्याउने र त्यसका लागि समय चाहिने बताएपछि नेता नेपालले त्यस्तोे जवाफ दिएको एक सचिवालय सदस्यले जानकारी दिए ।
नेता नेपालले केन्द्रीय सरकारको गतिहिनताका कारण स्थानीय सरकार र प्रदेश सरकार समेत निस्प्रभावी बनेको भन्दै तीनै तहका सरकारको कामकारवाहीको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताएका छन् ।

‘कसैले पनि गल्ती र कमजोरी नगरौँ, अहिलेसम्म भएका कमजोरीको सवैले स्वीकार गर्र्दै सच्चाउन तयार रहौं’, नेता नेपालले बैठकमा राखेको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘जनता र कार्यकर्तामा उत्पन्न निरासालाई उत्साहमा बदल्ने काम गरौँ । प्रदेश सरकार र स्थानीय सरकारहरु जनताप्रति उत्तरदायी छैनन् । उनीहरुका कामको समीक्षा गर्दै जवाफदेही बनाऔं ।’ राताेपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*