आफ्नै पार्टीले लिखित आराेप लगाएपछि ओलीलाई हटाउनैपर्ने : बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले सामाजिक सन्जाल ट्वीटरमार्फत् सरकारको असफलता र भ्रष्टाचारबारे आफ्नै पार्टीबाट प्रश्न उठेको भन्दै ओलीलाई हटाउनैपर्ने बताएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारको नेकपा सचिवालय बैठकमा ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।
यस्तै भट्टराईले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरे ।
नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;२.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।
— Baburam Bhattarai (@brb1954) November 18, 2020







