मूख्यमन्त्रीद्वारा हेटौंडामा सभाहलको शिलान्यास

हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा सभाहलको शिलान्यास गरेका छन् । मूख्यमन्त्री कार्यालयको सभाहलको मूख्यमन्त्री पौडेलले शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्रीहरू रामेश्वर फुँयाल, कैलाश ढुंगेल, युवराज दुलाल लगायतको सहभागिता रहेको थियो ।
हेटौंडा उपमहानगरपालिका पछाडिको चौरमा निर्माण हुन लागेको भवन ५ करोड २६ लाख ८३ हजार ३ सय ५९ रूपैया रहेको छ ।