आज बागमति प्रदेशको प्रदेशसभा बैठक

निरन्तर न्यूज
७ माघ २०७७, बुधबार ०८:३२

हेटौंडा । बागमति प्रदेशको प्रदेशसभाको हिउँदे अधिवशेन आजबाट सुरु हुँदैछ । आज दिउँसो तीन बजेका लागि अधिवेशन आह्वान भएको छ । आजबाट सुरु हुने अधिवेशनले मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टुंगो लगाउनेछ । पुष १० गते मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध नेकपाकै ४५ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेशका तीन जना मन्त्रीहरुले राजीनामा दिएका थिए । प्रस्तावित मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यको नाम अघि सारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*