भारतले दियाे नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान

खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने
निरन्तर न्यूज
७ माघ २०७७, बुधबार १५:३५

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज संयुक्त रूपमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमाेहन क्वात्राले पत्रकार सम्म्लन गर्दै यसकाे जानकारी दिएका हुन् ।
उक्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

उनले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र आर्थिक सबै तयारी पूरा भइसकेकाले चाँडै खोप अभियान सुरु गर्ने बताए ।

मन्त्री त्रिपाठीले भने, ‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*