कमल थापाले ओलीकाे पक्षमा बाेले ‘ताजा जनादेश उपयुक्त’

निरन्तर न्यूज
७ माघ २०७७, बुधबार १५:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमको राप्रपा अध्यक्ष कमल थापाले बचाउ गरेका छन् । अध्यक्ष थापाले अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाउँदै ओली कदमको बचाउ गरेका हुन् ।

बुधबार एक ट्वीट सन्देशमा उनले भनेका छन्, ‘संसद विघटनबारे विवाद/फरकमत हुनु स्वभाविक छ, तर विघटनको निर्णयले प्रतिगमन भयो, ‘कु’भयो, संविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ ।’

अध्यक्ष थापाले १४ वर्षको राजनीतिक अभ्यासले यो व्यवस्थाको औचित्यमाथि प्रश्न उठेको टिप्पणी गरेका छन् । बितेको १४ वर्षमा कमल थापा पनि सरकारमा सहभागी हुँदै आएका छन् ।

‘बरु गत १४ वर्षको अभ्यास, संविधानभित्रको अन्तर्विरोध, भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्न चिन्ह उठेको छ । यो अवस्थामा ताजा जनादेश उपयुक्त छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*