नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ३ जनामा कोरोना संक्रमण

वैशाख । नेपालमा पछिल्लो २४ घण्टा ६०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षण गर्दा बुधबार ६ सयभन्दा धेरै कोरोना संक्रमित थपिएका हुन् ।
हालसम्म मुलुकभर ४०५६ जना सक्रिय कोरोना संक्रमित छन् । जसमध्ये ३५९९ जना होम आइसोलेशनमा छन् भने ४५७ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।
काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा १२९ जना निको भएर डिस्चार्ज भएका छन्।