४५ जिल्लामा निषेधाज्ञा जारी (विवरणसहित)

निरन्तर न्यूज
२१ बैशाख २०७८, मंगलवार ०८:१८

काठमाण्डाैँ । गृह मन्त्रालयले देशभर निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुगेको जनाएकाे छ।

गृह मन्त्रालयले सोमबार साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार थप ९ जिल्लामा निषेधाज्ञा घोषणा गरिएको जनाएकाे छ ।

गृहका अनुसार कपिलवस्तु र नुवाकोटमा आज बिहान ४ बजेदेखि तथा धुनषा र बागलुङमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भइसकेको छ। यस्तै आजै राति १२ बजेदेखि दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा लागू हुने मन्त्रालयले जनाएको छ।

यसैगरी भोलि २२ गते बिहान ५ बजेदेखि बाजुरामा निषेधाज्ञा लागू हुने मन्त्रालयको विवरणमा उल्लेख छ। यीबाहेक अन्य ३६ जिल्लामा यसअघिदेखि नै निषेधाज्ञा लागू छ।

कुन कुन जिल्लामा कहिलेदेखि कहिलेसम्म निषेधाज्ञा  :

Loading...

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु