आज मकवानपुरका ७६ जनामा काेराेना, ९ जना निकाे भए

हेटाैँडा । मकवानपुरमा पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सोमबार दिउसो २ बजे स्वास्थ्य कार्यालय मकवानपुरले दिएकाे विवरण अनुसार ९३ जनाको पिसिआर परिक्षण गर्दा ५७ जना र ४२ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा १९ जना गरि कुल संक्रमित हुने संख्या ७६ रहेकाे छ ।
संक्रमित भएकाहरु मध्य हेटौंडा उपमहानगरपालिका भित्रका ५९ जना, थाहा नगरपालिकामा १ जना, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा १ र मकवानपुरगढी गाउँपालिकामा ११ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ ।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ८ जना र सस्थागत आइसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् ।
मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ७२२ पुगेको छ भने जिल्लामा सक्रिय संक्रमित ८५१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मकवानपुरमा मृत्यु हुने संक्रमितको संख्या ४१ पुगेको छ ।