आज मकवानपुरमा कोरोनाबाट २ जनाको मृत्यु

निरन्तर न्यूज
१० असार २०७८, बिहीबार २१:२२

हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने दुबै जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेको र हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ ।

कार्यलय अनुसार पछिल्लो २४ घण्टामा २ सय १७ जनामा कोरोना परीक्षण गर्दा थप ६२ जनामा संक्रमण देखिएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या १० हजार ६ सय ७३ पुगेको छ ।

जिल्लामा हालसम्म कोरोना जित्नेको संखया ९ हजार ४ सय ८३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा थप ८८ जनाले कोरोना जितेका छन् ।

यसैगरि जिल्लामा हाल १ हजार ४८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ९ सय ४९ जना आफ्नै घरमा र ९९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*