नेपाल समूहको अनुपस्थितिमा एमाले स्थायी समिति बैठक शुरु

निरन्तर न्यूज
४ श्रावण २०७८, सोमबार १३:१०

काठमाडौं। एमाले स्थायी कमिटी बैठक सुरु भएको छ।  काठमाडौंको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार (आज) ११ बजेलाई बोलाइएको बैठक केही बेर अघीबाट सुरु भएको  केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन ।

हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास मत नदिने निर्णय गरेपनि आफु निकट र माधव कुमार नेपाल निकट २२ संसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएको थियो। आजको केन्द्रीय बैठकमा यस विषयलाई पनि समावेश गर्न सक्ने सम्भावना देखिएको छ । बैठकमा भने माधव कुमार नेपाल समुुुुुुहका नेता अनुपस्थित रहेका छन।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु