कस्तो हुनुपर्छ अबको जनप्रतिनिधि

निरन्तर न्यूज
८ बैशाख २०७९, बिहीबार २१:५८

यो साता दलहरुको सरगर्मी अझ बढ्ने छ । पुनः जनप्रतिनिधि बन्ने आकांक्षा र जनप्रतिनिधि बन्न चाहने नयाँ अनुहारबीच रस्साकस्सी र दाउपेचले यो उखरमाउलो गर्मीमा झनै गरम हुने नै छ । अघिल्लो शृङ्खलामा जनप्रतिनिधिले केमा ध्यान दिने विषय उठान गरेको थिएँ भने यस्पाली त्यसैको निरन्तरता नै रहने छ । पाँच बर्ष काम गरिसकेका जनप्रतिनिधिले गरेका काम र व्यवहार कस्तो रह्यो अब यहि निर्वाचनमा विश्लेषण गरेर मत प्रयोग गरेनौं भने हामी पुनः उही गाली गरेर बस्नु पाँच बर्ष बिताउनु बाहेक विकल्प कमै छन् । त्यसैले हामी आम मतदाता र उम्मेदवारले पनि नयाँ काम के हुन सक्छ सर्वसाधारणलाई बुझाउन सक्नु पर्नेछ ।

विकासको नयाँ खाका बनाउने उम्मेदवार
अहिले हाम्रोमा भएको विकास समय क्रमैसँग हुन सक्ने विकास हुन् । समग्रतामा हामीले अहिले देखेका विकास संरचना मात्रै हुन् । यी विकास हैनन् यी त कंक्रिटका जंगल हुन् । यो दीर्घकालीनरुपमा अभिसाप बन्न पुग्नेछन् । यसका विकल्प अनेक थिए गएको पाँच बर्ष त्यस्ता विकल्पमा छलफल नै भएनन् । डाँडाकाँडा वन, जंगल सम्पदामा सेर बनाइएको संरचनाले हाम्रै भविष्य अँध्यारो बनाउँदै लानेछ । अहिले नै हामीलाई ‘क्लाईमेटचेन्ज’ को असर देखिइसकेको छ त्यसैले पनि यो भैरहेका विकासमा सोचेनौं भने हामीलाई नै हानी गर्नेछ । हाम्रा विकासले साना–तिना खोल्सा, इनार, कुवा मासिसकेका छौं, हाम्रो विकास मानवमैत्री छैनन्, त्यसैले नयाँ ढंगले सोँच्ने र काम गर्न सक्ने जनप्रतिनिधि आवश्यक छ र उही उम्मेदवारको जित हुनु आवश्यक छ ।

आर्थिक मितव्ययी उम्मेदवार
निर्वाचनमा होमिने उम्मेदवार यति खर्च हुन सक्छ म त सक्छु अथवा जसरी नि जित्छु भन्ने उम्मेदवारको ध्यान पाँच बर्षमा उठाउन तल्लिन नै हुन्छ यसमा दुईमत छैन । शशाङ्क कोईरालाले केहि साता अघि एउटा कार्यक्रममा ५–६ करोड खर्च भएको किस्सा सुनाएका थिए । यसअघिको स्थानीय निर्वाचनमा पनि त्यस्ता सयौं उदाहरणहरु हाम्रै सामु प्रष्ट छ । अझ उम्मेदवार बन्न लाखौं तयारीका साथ बसेको तथ्य पनि लुकेको छैन । पैसा छ छैन ? उठ्न भनेर प्रश्न हामीनै गरिरहेका हुन्छौं । यस्तोअवस्थामा साँच्चै जनप्रतिनिधि नभई पैसो कमाउने थलोकोरुपमा स्थानीय सरकारमा जाने प्रतिनिधिलाई हामीले रोक्न सक्नुपर्नेछ । हाम्रो मत “पैसा/शक्ति” पहुँचलाई हैन हाम्रो समुदायको सारथि बन्न सक्नेलाई हुनुपर्छ ।

युवा र नवीनतम् प्रतिबद्धता गर्न सक्ने जनप्रतिनिधि
यहाँ युवा भन्ने बित्तिकै २५ बर्षे ठिटो नै हुनुपर्छ भन्न खोजेको हैन । कम्तिमा जनता र स्थानीयका बारेमा सोँच्दा सृजनशील भएर अबको २० बर्षमा मेरो वडा कस्तो हुनेछ भनेर अहिल्यैदेखि काम गर्न सक्ने उम्मेदवार चाहिएको छ । पार्टीको घोषणापत्र मात्रै हैन आफैंमा केही नयाँपन भएका उम्मेदवारको खाँचो छ । हाम्रो आम्दानी के हो ? स्रोत कहाँबाट आउँछ, कति समयमा ती काम पूरा हुन सक्छन् ? त्यसले समग्र वडा, समुदाय रसमाजलाई के–कस्तो फाईदा गर्छ ? भन्न सक्ने जनप्रतिनिधि आजको आवश्यकता हो न कि जहाँ प्लटिङ, जहाँ आफ्ना मान्छेको जमिन छ त्यही जसरी पनि स्ल्याव ढलाई र टावर बनाउने जनप्रतिनिधि हैन ।

समन्वयकारी जनप्रतिनिधि
चुनावअघि ठुला–ठुला भाषण र भ्रम बेच्ने अनि चुनाव जितेपछी त्यस्ले मलाई, तिनर्ले मलाई मत हालेका थिए र ? भनेर अनावश्यक ठाउँमा बजेट थोपर्ने खालका प्रतिनिधिलाई चिन्नुपर्ने छ । चुनावभरी एउटा दलको प्रतिनिधि भए तापनि चुनावपछि समग्र सबैको जनप्रतिनिधि हुन सक्नुपर्ने छ । हामीले मत हाल्नु अगाडि नै यस्ता जनप्रतिनिधिलाई पाखा लगाउन सक्नुपर्नेछ । गएको पाँच बर्ष यस्ता जनप्रतिनिधि धेरै थिए जस्ले आफ्नाका लागि जे पनि गर्न तयार भए त्यस्ता जनप्रतिनिधि फेरि पनि मैले काम गर्न बाँकी छ भनेर तपाईं हाम्रो आगन र दैलोमा आइपुग्नेछन् । त्यस्ता जनप्रतिनिधिलाई प्रश्न गरौं यसअघि के–के थियो वाचा ? किन के कारणले हुन सकेन ?

प्रश्न र आलोचना सुन्न सक्ने जनप्रतिनिधि
अब हुन लागेको निर्वाचन पहिलो हैन, हाम्रा नेता पनि पहिलो हैनन् । त्यसैले हामीलाई उनिहरुको बारेमा पुर्ण जानकारी छ । अब सोच्नुहोस् त तपाईका प्रश्न र आलोचनालाई उनिहरुले केकति पचाउन सके ? तपाईले कत्तिको उत्तर पाउनुभो ? तपाईले तपाईको वडामा कत्तिको सहज र सही ढंगले काम हुन सक्यो ? उसले तपाईलाई गरेको व्यवहार कस्तो थियो ? आफ्नै दलका भएपनि पुनः प्रश्न गर्नुहोस् । आलोचना गर्नुहोस र प्रतिनिधि छान्नुहोस् । समृद्ध समाजबाट लिइएकाे बिचार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*