श्रम संस्कृतिद्वारा हेटौँडाकी मन्दिरासहित चार समानुपातिक सांसदको नाम सिफारिस

निरन्तर न्यूज
३० फाल्गुन २०८२, शनिबार १८:५५

विराटनगर । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदमा ४ जनाको नाम सिफारिस गरेको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त मतका आधारमा पार्टीबाट समानुपातिकतर्फ ४ सांसद बन्दैछन् ।

पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ ।

पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खसआर्य महिलाबाट अम्बिका संग्रौला, दलितबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टीमा समानुपातिक सांसदका लागि धेरै दबाब आएपछि अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमै ‘भात खाऊ, मेरो टाउको नखाऊ’ भनेर लेखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*