मकवानपुरमा समाजवादीकाे एक मात्र वडा अध्यक्ष बन्न सफल भए सुकराम

निरन्तर न्यूज
६ जेष्ठ २०७९, शुक्रबार १७:५६

हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका वार्ड नम्बर ९ काे वडा अध्यक्षमा नेकपा (एकिकृत समाजवादी) का सुकराम केसी निर्वाचित भएका छन् ।

गठबन्धनमा नेकपा एसकाे तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका केसी नै समाजवादीकाे जिल्लाकाे पहिलाे निर्वाचित वडा अध्यक्ष बनेका छन् ।

गठबन्धनकाे बलमा केसीले पूर्व वडा अध्यक्ष समेत रहेका नेकपा एमालेका लक्ष्मण भण्डारीलाई फराकिलाे मतान्तरले पराजित गरेका हुन् । आधिकारिक घोषणा भने हुन बाँकी छ ।

शिक्षक पेशामा रहेका केसीले झण्डै पेशागत ४ दशक लामाे राजनीतिक यात्रा तय गरेका छन् । यस अघि खुल्ला सदस्यमा निर्वाचित भएका केसी एमालेका पूरानाे र युवामाझ लाेकप्रिय नेता थिए ।

नेकपा समाजवादी पार्टी गठन भएपछि समाजवादीकाे यात्रा तय गरेका केसी पार्टीका पाेलिटब्युराे सदस्य एवम स्वास्थ्यमन्त्री बिराेध खतिवडाका खास पात्रका रुपमा चिनिन्छन् ।

निर्वाचित भएपछी वडा अध्यक्ष केसीले सबै मिलाएर वडाकाे विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*