विनियोजन विधेयक, २०७९ बहुमतले पारित

निरन्तर न्यूज
३ असार २०७९, शुक्रबार ०८:०२

हेटौंडा । विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
सांसदहरूले राखेको २३ ओटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो । विनियोजन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू संसद बैठकबाट बाहिरिएका थिए ।
उनीहरूले बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति सहभागी भएको भन्दै छानबिन गर्न माग गरेका थिए । जेठ १७ गतेदेखि प्रतिनिधिसभामा बजेटमाथिको छलफल सुरु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*