मकवानपुरगढीकाे बजेट ६७ करोड ४४ लाख

हेटाैँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आव २०७९\०८०को लागि ६७ करोड ४४ लाख १२ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेसनमा पालिकाका उपाध्यक्ष मान कुमारी पाख्रीन (नेपाली)ले प्रस्तावित नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको सभामा उपाध्यक्ष पाख्रीनले क्षेत्रगत नीति तथा कार्यक्रमहरु पेश गरेकी थिइन् ।
संस्कृति प्रवद्र्धन र विकास : पालिकाभित्रका सबै जातजातिको भाषा,कला र संस्कृति संरक्षण र विकासमा जोड दिइने, लामा नाच प्रदर्शन गरिने, पञ्चेबाजालाई प्रोत्साहन गरिने ।
खेलकुद : गाउँपालिका स्तरीय खेलकुद समित गठन गर्दै विभिन्न स्थानमा रंगशाला निर्माण, प्रतियोगिता गरिने, एक वडा एक खेलकुद मैदान निर्माण गरिनेछ ।
लैगिङग समानता तथा सामाजिक समावेशिकरण भित्र युवा, महिला, दलित, जेष्ठ नागरिक, बालबालिका, जनजाति, अपाङ्गताका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
पूर्वाधार क्षेत्रः पालिकाका ८ वटै वडाहरुमा विभिन्न स्थानहरुमा स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल निर्माण गरिनेछ ।
सिचाईंः पालिकाका वडाका विभिन्न स्थानहरुमा सिचाईंका लागि आवश्यक कुलो, नहर, पाईप लाइन, डिप बोरिङ तथा प्लास्टिक पोखरी निर्माण गरिने ।
सुचना तथा संचार र प्रविधि : अनलाईन सुचना डेक्स निर्माण गरिने, पालिकाका विभिन्न विकासका कामहरुका सुचना तथा समाचारजन्य सामाग्रीहरु रेडियो, टेलिभिजन र पत्रपत्रिका मार्फत प्रवाह गरिने, वडाहरुमा इन्टरनेटको सेवा लगिने, विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरिने, पालिकाको वेभसाइट, सामाजिक सञ्जालका पेजलाई प्रभावकारिता बनाउने, वडाका सबै सेवा प्रविधिमैत्री बनाउने, नदीजन्य पदार्थ निकासीका लदागि डिजिटल प्रविधिमैत्री बनाउने ।
संस्थागत विकास सेवा प्रवाह र सुशासन, भू—उपयोग तथा संरक्षण, वन तथा वातावरण र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा पनि आवश्यक कार्यक्रमहरु गरिनेछ ।