बागमती प्रदेश प्रमुखद्वारा धान दिवसको शुभकामना
हेटौंडा । राष्ट्रिय धान दिवसको अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले शुभकामना सन्देश दिएका छन् ।
बुधबार प्रदेश प्रमुखको कार्यालयले प्रदेश प्रमुख शर्माद्वारा हस्ताक्षरित विज्ञप्ती प्रकाशित गर्दै असार १५ अर्थात मानो रोपेर मुरी उब्जाउने महिनाको मध्ये दिन नेपाल सरकारले १८ साल अघीबाट आजकै दिन धान दिवस मनाउदै आएकोले उक्त दिवसले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन प्रेरणा प्राप्त होस भन्दै शुभकामना व्यक्त गरिएको छ।नेपाल सरकारले विस २०६१ सालबाट असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउदै आएको छ ।







