आगामी आबकाे बागमती प्रदेशको बजेट बहुमतले पारित

निरन्तर न्यूज
१७ असार २०७९, शुक्रबार ०८:५३

हेटौंडा । बागमती प्रदेशको आगामी आव ०७९/८० को बजेट बहुमतले पारित भएको छ । बिहिबार बसेको बैठकबाट बजेट बहुमतले पारित भएको हो ।

बजेट निर्णाथ प्रस्तुत गर्दा प्रतिपक्ष दलहरू विपक्षमा उभिएपछि बजेट बहुमतबाट पारित भएको छ । यस्तै, बैठकबाट विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित भएको थियो ।
यसअघि, बैठकमा प्रदेशसभा सदस्य रमेश पौड्याल, सुरेन्द्रराज गोसाई, सिर्जना शैज्यु, शोभा शाक्य, रिना गुरूङ, गोमा भुर्तेल, आशामाया तामाङ, बिनोदकुमार खड्का, नारायणबहादुर सिल्वाल, दिपक निरौला, सरस्वती बस्नेत, मैना आछामी, बेलीमाया घले, प्रकाश श्रेष्ठ, डा. रामकुमार अधिकारी, रामेश्वर फुयाल, सरेस नेपाल र सीता लामाले पेश गरेको खर्च कटौतीसम्बन्धी प्रस्ताव बहुमतले अस्विकृत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*