फेरी बढाइयाे इन्धनकाे मूल्य
हेटौंडा । नेपालमा फेरी इन्धनको मूल्य बढेको छ।नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्यमा बृद्धि गरेको हो।
निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढाएको हो बढेको मूल्य सोमबार राति १२ बजेबाट लागु हुने निगमले बताएको छ।
नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ भने हवाइ इन्धन आन्तरिक मूल्य १९० रूपैयाँ प्रति लिटर पर्नेछ। निगमले खाना पकाउने ग्याँसको भने मूल्य यथावत राखेको छ।







