सर्वत्र बिराेध पश्चात् अर्थमन्त्री शर्माले दिए राजीनामा
निरन्तर न्यूज
२३ असार २०७९, बिहीबार ०८:२४
हेटौंडा । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन्। बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ। साथै उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन्।










