मकवानपुरकाे मनहरी गाउँपालिकाद्वारा ९१ करोड ८ लाखको बजेट विनियोजन

निरन्तर न्यूज
२४ असार २०७९, शुक्रबार ०९:५६

हेटाैँडा । मकवानपुरकाे मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षकाे लागि ९१ करोड ८ लाख २६ हजारको बजेट विनियोजन गरिएको छ ।

जसमध्ये आन्तरिक आय स्रोतबाट कुल बजेटको ३५.०२ प्रतिशत ३१ करोड ९० लाख ५० हजार, संघीय सरकारको वित्तिय समानीकरण अनुदान, राजस्व बाँडफाड, सशर्त र विशेष गरी ४८ करोड ९४ लाख २८ हजार, प्रदेश सरकारको समानीकरण अनुदान, सवारी कर बाँडफाड, सशर्त, समपुरक र विशेष गरी ९ करोड ८३ लाख ४८ हजार र जिल्ला समन्वय समितिबाट रु १५ लाख गरी कुल ९१ करोड ८ लाख २६ हजारको बजेट आव २०७९/०८० का लागि विनियोजन गरेको छ ।

जारी बजेटमा सुशासन तथा संस्थागत विकासतर्फ २ करोड २० लाख ६२ हजार (कुल बजेटको २.४३ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

त्यस्तै आर्थिक विकास तर्फ ४ करोड ४७ लाख, सामाजिक विकास तर्फ ३१ करोड ४५ लाख ७५ हजार, पुर्वाधार विकास तर्फ ३८ करोड ९६ लाख ६० हजार, वन, वावतावरण तथा विपद व्यवस्थापन तर्फ ७५ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १३ करोड २३ लाख २९ हजार रकम विनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको सभाध्यक्षतामा भएका ११ औ गाउँसभामा उपाध्यक्ष सिता पुलामी मगर रेखाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*