बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप दिइने

निरन्तर न्यूज
२ श्रावण २०७९, सोमबार २१:०८

हेटौंडा । आज सोमबारबाट ५ वर्ष देखि १२ बर्ष मुनिका २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिन लागिएको हो ।

सोमबारदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्र खोप लगाएको खोप कार्ड अनिवार्य लैजानुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु