पुनः अर्थमन्त्री नियुक्त भएका शर्माले लिए सपथ
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ गराएकी हुन् ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले पदबाट राजीनामा दिएका थिए ।
उक्त समितिले शर्मालाई निर्दोष ठहर गरेको प्रतिवेदन बुझाएको दुई दिनपछि पुनः उनलाई अर्थमन्त्री नियुक्त गरिएको हो ।

कार्यभार सम्हाल्दै

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम शर्मालाई अर्थमन्त्री नियुक्त गरिएको उल्लेख छ ।










