नेप्से परिसूचक ५६ अंकले बढ्यो

निरन्तर न्यूज
३० श्रावण २०७९, सोमबार १५:५०

काठमाडौं । धितोपत्र बजारकाे नेप्से परिसूचक ५५.८८ अंकले बढेको छ । यसअघि लगातार पाँच दिनसम्म घटेको नेप्से सोमबार भने उकालो लागेको हो ।

आज कुल २अर्ब ४३ करोड रूपैयाँको कारोबार भएको छ । जुन हिजाेकाे तुलनामा बढी हाे । आइतबार १ अर्ब ८७ करोडको कारोबार भएको थियो ।

बैंकिङ १६, विकास बैंक १९०, फाइनान्स १२५, होटल तथा पर्यटन ८४, जलविद्युत् १०५, जीवन बीमा १४३, उत्पादन २३, माइक्रोफाइनान्स १३६, निर्जीवन बीमा २५४, अन्य ८५ र ब्यापार उपसमूह ९० अंक बढेको छ ।

कुल १८० कम्पनीको मूल्य बढ्दा४ वटा कम्पनीको मात्रै घटेको छ । सात कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, राधि विद्युत्, रिभरफल्स पावर, पन्चकन्या माइ हाइड्रो, अपर हेवाखोला र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

हिमालय ऊर्जा विकास र सेन्ट्रल फाइनान्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो ।

शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम र अरुणभ्याली हाइड्रोपावर कारोबार रकमका आधारमा क्रमशः अगाडि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*